२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिक्रमित जग्गाको खोजीमा सहयोग गर्न आग्रह : आयोग

अ+ अ-

वीरगञ्ज । नेपाल सरकारद्वारा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ ले अतिक्रमित सार्वजनिक जग्गाको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

आयोगद्वारा आज वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले कुन ठाउँमा, कहाँ, कति रु सरकारी जग्गा अतिक्रमण भएको छ यसबारे जानकारी दिन राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलगायत सबैसँग आग्रह गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशालाको जग्गा अतिक्रणमा ट्रष्टीहरु नै लागेकाले सो धर्मशालाको जग्गा संरक्षण गरी सरकारले आफ्नो मातहतमा लिनुपर्ने बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सार्वजनिक सम्पत्ति अतिक्रमण गरी आफ्नो नाममा लिने व्यक्तिबारे उजुरी आएका सम्बन्धित व्यक्ति र जग्गा नामसारी गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए ।

आयोगका सदस्य जानकीबल्लभ अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले संविधानले सरकारी जग्गा संरक्षण गर्ने जिम्मा स्थानीय सरकारलाई समेत अधिकार दिएकाले अतिक्रमणमा परेका जग्गाको अभिलेख राखी संरक्षण गर्नुपर्ने र जग्गा अतिक्रमण गरी बिक्री वितरण गर्नेलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

आयोगका सदस्य जानकीबल्लभ अधिकारीको नेतृत्वमा आएको टोलीमा सदस्यद्वय दुर्गाकुमारी दाहाल र जगतबहादुर देउजा रहेका छन् ।रासस