२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा नेपाल भ्रमण वर्षको प्रवर्द्धन

अ+ अ-

काठमाडौं ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताए । उनले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवर्द्धनका निम्ति आफू तत्पर रहेको बताए ।