२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद स्मारक लिगमा सन्तोषको सय गोल

अ+ अ-

काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा १ सय गोल पूरा गरेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १००औँ गोल गरेका हुन् ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका हुन् । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छनु ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन् । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उनको यो चौथो गोल हो ।

उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन् ।