२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् ।

यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हु्न् ।

राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिएका हुन् । उनले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गएराति सार्वजनिक सम्बोधन गरेका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको बताए । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो । इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो ।

राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला गएराति सो सम्बोधन गरेका हुन् । आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आक्रमणबाट इरान नै तल परेको बताए ।

उनले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताए । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताए । उनले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताए । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे ।

इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताए ।

उनले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताए । राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गरे ।

इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको पनि बताए । रासस/एएफपी