२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरामा भत्काइयो २३ छाउगोठ

अ+ अ-

अमरगढी । दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

छाउ मानसिकता

डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, स्याउले र भत्कँडा बजार क्षेत्रमा पनि छाउपडी भएका बेला महिलाई सुत्ने अलग्गै स्थान रहेको पाइन्छन् । डडेल्धुरा सदरमुकाममा विभिन्न ग्रामीण स्थानबाट सदरमुकाममा बस्दै आएका छन् ।

छाउपडी भएकाबेला परिवारका सदस्यभन्दा अलग्गै सुत्ने ५ दिनसम्म खाना पकाउँन नमिल्ने र पूजा कोठामा जान नमिल्ने लगायतका अवस्था रहेको अमरगढी नगरपालिका–५ मा बस्दै आएका एक महिलाले भनिन् । उनले अरुभन्दा पनि परिवारका सदस्यबाट विभेद खेप्नुपरेको बताइन् । गाउँमा हुँदा छाउगोठमा बसियो तर बसाइँसराइ भएपछि डडेल्धुरा सदरमुकाममा आएको १० वर्ष बितिसक्दा छाउपडी भएका बेला समस्या त्यही छ । परिर्वतन हुन सकेको छैन ।