२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा सदस्यसहित चार विरुद्ध पक्राउ पुर्जी

अ+ अ-

मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरले सामुदायिक वनभित्र नदीजन्य वस्तुको अवैध उत्खनन पछि सांसद बहादुर सिंह लामासहित चारजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत पुष १३ गते पूर्वी मकवानपुरको बकैया–७ स्थित कालीवन सामुदायिक वन क्षेत्रभित्र अवैध ढुंगागिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा चालक नरेशराम महरालाई एक्साभेटरसहित पक्राउ गरिएको थियो । त्यसलगत्तै अनुसन्धानको क्रममा काली वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पनि पक्राउ गरेको वन कार्यालय मकवानपुरले जनाएको छ ।

वन कार्यालयका अनुसार उक्त काम किमुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालि, टोखा–७ धापासी काठमाडौंको रहेको पत्ता लागेको थियो ।

पुष १५ गते कम्पनी सञ्चालक नुवाकोटका प्रतिनिधि सभा सदस्य लामा, अर्का सञ्चालक नुवाकोट पञ्चकन्या–५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर–९ का शिव घिमिरेलाई वनकार्यालयको सम्पर्कमा आउन पत्राचार गरिएको थियो । तर दास्रो पटक म्याद थप गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि पुस २८ गते अदालतको अनुमतिमा तीनै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको वन कार्यालयले जनाएको छ ।

यस्तै उक्त, कम्पनीको बकैया–स्थित अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने नुवाकोटको विदुर–१० का सुवास डंगोलविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

वन कार्यालयका अनुसार उक्त कम्पनीले सामुदायिक वन क्षेत्रभित्र ९ हजार ५ सय ६४ क्यूफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको खुलेको छ। उक्त बिगोवापत १ लाख ६४ हजार १ सय १२ रुपैयाँ ५० पैसा जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे ५ वर्ष कैद सजाय माग दावी गरिएको छ ।