वीरगन्ज । वीरगन्जमा लागु हुन गइरहेको उज्यालो वीरगन्ज योजना बारे नगर प्रमुख विजय कुमार सरावगी र ऊर्जामन्त्री वर्षमान पुनबिच छलफल भएको छ ।
नगर प्रमुख सरावगीको विशेष पहलमा महानगरपालिकाको ३२ वटै वडामा एकै साथै लागु हुन गइरहेको उज्यालो वीरगन्ज अन्तर्गत नेपाल विद्युत प्राधिकरणद्वारा गरिने कामलाई उघाउन नगर प्रमुख सरावगी र ऊर्जामन्त्री बिच छलफल भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरणको १५ हजार विद्युतको पोलमा पाचौँ तार जडान गरी ३०१ सब स्टेसनद्वारा समय अनुसार स्वचालित स्वीचिर्ग सिस्टमलाई नेपाल विद्युत प्राधिकरणद्वारा छिटो छरितो लागु गराउने विषय बिच छलफल भएको नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
ऊर्जामन्त्री पुनले नेपालमै पहिलो पटक वीरगन्ज महानगरपालिकाले लागु गर्न गइरहेको उज्यालो वीरगन्ज योजना राम्रो भएको प्रशंसा गर्दै सार्वजनिक स्थलहरूमा दिनमा अनावश्यक बत्ती बलिरहने परम्परा लागी न्यनिकरण गर्न राम्रो उदाहरण स्थापित हुने आशा व्यक्त गरे नगर प्रमुख सरावगीले बताएका हुन् ।







