बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।
भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ ।







