२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७७ प्रतिशत अङ्क प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमा प्रथम

अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ ।

नेपाल सरकारद्वारा अस्पतालहरूको न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा सुदूरपश्चिम प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका दिपायलका मेडिकल अधिकृत डा.भूषण मिश्रले बताए ।

३५० अंकमा विभिन्न सूचकाङ्कलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पताल वा जिल्ला स्तरका प्राथमिक अस्पतालहरू मध्ये डोटी अस्पतालले ७७ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम भएको हो । सुदूरपश्चिममा ६ महिनाअघि भएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा डोटी र अछाम दुई अस्पताल ८९.५ प्रतिशतका साथ उत्कृष्ट भएका थिए ।

सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, ग्याप कहाँ छरु लगायतका विषयमा ६/६ महिनामा मापन हुने गर्छ । यस पटक माघ महिनामा भएको आठौँ फलोअपमा यसअघिको फलोअपमा पुरानो जिल्ला अस्पताल वा सोसरहको मापदण्डअनुसार कुल ३५० अंकमा विभिन्न सूचकाङ्कका आधारमा अस्पतालहरूको मूल्याङ्कन गरिएको हो ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी मुख्य तीन सूचक गरी ७ सय ६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन भएको मूल्याङ्कनमा खटिएका स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा.मिश्रले बताए।

यसअघि डोटीसँगै समान स्थानमा रहेको अछाम अस्पताल ७१ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। अस्पतालको न्यूनतम सेवा गुणस्तर मापदण्डमा डोटी अस्पतालले प्राप्त गरेको अङ्क प्रतिशत नयाँ परिष्कृत मापदण्डअनुसार मूल्याङ्कन गर्दा पहिलाभन्दा सबै अस्पतालको अङ्क प्रतिशत घटेको निक साइमन्स इन्स्टिच्युटकी आइस्ता शाहीले बताइन्।

जिल्ला अस्पतालहरूमध्येमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ र बाजुरा ५५ प्रतिशत अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय राज पुरले जानकारी दिएको छ।