काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग १३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।







