काठमाडौँ । कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाली कांग्रेसले सांसद अवरुद्ध गरेको छ।
सभामुखले बैठक सुरु गरेलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै बैठक अघि बढ्न नदिने घोषणा गरिन्। उनले भनिन्, ‘कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको छ ।’
अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।







