२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करारमा शिक्षक नियुक्तिको माग राख्दै भोजपुर क्याम्पसमा पठनपाठन ठप्प

अ+ अ-

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् ।

यही फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएको भए पनि १६ गतेदेखि आंशिक शिक्षकले ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन् । शिक्षकको आन्दोलनका कारण शिक्षा लिनबाट वञ्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाइ दिन विद्यार्थीले माग गरेका छन् ।

क्याम्पसका विद्यार्थी प्रताप तामाङले भने, ‘शिक्षकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, फागुन ११ गतेदेखि पढाइ भएको छैन, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ ।’ आन्दोलनरत शिक्षकले भने विज्ञप्तिमार्फत आफूहरुलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् । आन्दोलनरत शिक्षकका प्रवक्ता पद्म कार्कीले भने, ‘हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौँ, क्याम्पसमा करारका पदहरु रिक्त छन् तर पनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो बौद्धिक शोषण भइरहेको छ ।’

आंशिक शिक्षकले राखेको मागका विषयमा माथिल्लो निकायसँग पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । आन्दोलनरत प्रध्यापकसँग वार्ता गर्ने तयारी भइरहको जनाइएको छ ।

क्याम्पसका निमित्त क्याम्पस प्रमुख नीलमणि भट्टराईले भने, ‘आंशिक शिक्षक करारको माग राख्दै आन्दोलनमा छन्, त्यस विषयमा क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयमा जानकारी गराएका छन्, उनी अहिले पनि काठमाडौँमा भएकाले मैले यहाँ वार्ता गरेर पठनपाठनको वातावरण बनाउने तयारीमा छु ।’