२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै

अ+ अ-

लम्की । कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको हो ।

सीमा स्तम्भ मर्मतका लागि नेपाली टोलीमा सर्वेक्षण टोली नं ४ का नापीप्रमुख सुदर्शन सिंह धामीको नेतृत्वमा छ जनाको टोलीले काम शुरु गरेको छ । उता भारततर्फ भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोलीले संयुक्त रुपमा काम थालेको छ । सीमा स्तम्भ स्तरोन्नतिका लागि कैलालीको भजनी नगरपालिकाअन्तर्गत ७०९ मुख्य पिलरका सहायक पिल्लर १, २, ३, ४, ५, ६, ७ र ८ नं र टीकापुर नगरपालिकाअन्तर्गत ७०३ मुख्य पिल्लरका सहायक पिल्लर १, २, ३ र ४ को स्तरोन्नति भइरहेको नापी प्रमुख सुदर्शन सिंह धामीले बताए ।

‘बिजोर पिल्लर हामीले बनाइरहेका छौँ, जोर पिल्लर भारतले बनाउने गरेको छ’, नापीप्रमुख धामीले भने, ‘नेपालले बनाउने पिल्लर स्तरोन्नतिको खर्च नेपालले र भारतले बनाउने पिल्लरको स्तरोन्नतिको खर्च भारतले नै गर्ने गरेको छ ।’ ‘हामीले संयुक्त सर्वेक्षण गरेर काम गरिरहेका छौँ’, धामीले भने, ‘असमान खालका पिल्लर पनि समान खालका बनाउन थालेका छौँ ।

अब जेठ महिनासम्म काम सक्ने योजना छ ।’ उनले पुराना पिल्लर साना आकारका भएकाले बर्सातमा बाढी र कटानले हराउने समस्या हुन थालेपछि स्तरोन्नति आवश्यक भएको बताए । स्तम्भ सुरक्षित भएमा सीमामा प्रहरीलाई सुरक्षा गर्न सहज हुने धामीले बताए ।

नापी टोलीले नदीमा रहेका पिल्लर भने अहिले मर्मत नगर्ने भएको छ । नेपाल–भारतका १३ सीमा स्तम्भ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । टीकापुर नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रका १३ सीमा स्तम्भ (पिल्लर)हरु कर्णाली र मोहना नदीको कटानमा परेका छन् ।

नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा जम्मा ३१ सीमा पिल्लर छन् त्यसमा १३ वटा विगत केही वर्षदेखि नदीमा आउने बाढी र कटानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । ती पिल्लरका लागि थप सर्भे आवश्यक रहेको धामी बताउछन् ।

खक्रौलास्थित बोडर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जोर अङ्कका पिल्लर भारतले र बिजोर अङ्कका पिल्लरको नेपालले स्तरोन्नति गर्ने कार्य गरिरहेको बताए । टीकापुर नगरपालिकाको क्षेत्रमा मुख्य पिल्लरहरु ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५ र ७०६ मुख्य सीमा पिल्लर रहेकामा ७०१, ७०३ र ७०६ मुख्य सीमा पिल्लरहरु अहिले कर्णाली र मोहना नदीमा परेका छन् ।

यस्तै सहायक सीमा पिल्लरमा ७०२/२, ७०२/३, ७०२/४, ७०२/५, ७०२/६, ७०२/७, ७०४/३, ७०४/४, ७०४/६, ७०५/३ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । ‘विगत केही वर्षदेखि नदीमा आउने बाढी पछिको कटानका कारण सीमा पिल्लर नदीमा परेका छन्’, टीकापुर नगरपालिका–८ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले भने, ‘हाल नदीले कटान गरेका सीमा पिल्लरलाई सर्वे नक्शाले देखाएअनुसार प्रहरीले सुरक्षा गरिरहेको छ ।’