२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ सम्पन्न

अ+ अ-

काठमाडौँ । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा छलफल भई सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसङ्घ (सिएनआइ) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज (आइसिएनसी) सहआयोजक रहेको सम्मेलन विशेषगरी कृषि, ऊर्जा, यातायात र पूर्वाधारका विषयमा केन्द्रित भएको थियो । सम्मेलनबाट विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्नाका साथै दातृ निकायलाई लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।

सम्मेलनको सोमवार समापन गर्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वाधार निर्माणमा प्रमुख साझेदारीका रुपमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने सरकारको नीति रहेको तथा आवश्यक वातावरण बनाउन र लगानीलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्य सचिव डा सोमलाल सुवेदीले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार आवश्यक भएकाले यसमा निजी क्षेत्र तथा दातृ निकायलाई लगानीमा आकर्षण गर्न सरकार लागिपरेको बताए ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले पूर्वाधार निर्माणमा सरकारसँग साझेदारीका साथ अघि बढ्न निजी क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र लगानीको वातावरण सिर्जना हुन जरुरी भएको औंल्याए ।
कुलमान सम्मानित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई ‘बेस्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’( पूर्वाधारमा वर्षका उत्कृष्ट योगदानकर्ता )बाट सम्मान गरिएको छ । परिसङ्घले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएबापत घिसिङलाई सम्मान गरेको हो ।

त्यसैगरी पूर्वाधार विकासमा उत्कृष्ट अवधारणा तयार गर्ने तीन जनालाई आइडिया स्टुडियोका तर्फबाट नगदसहित सम्मान गरियो । यसरी सम्मानित हुनेमा काठमाडौँ उपत्यकामा मोनोरेलको आइडिया ल्याउने स्नेहा मेहता( एक लाख) तथा द्रुतमार्गतर्फ निर्मला सुवाल र सुवास रिजाल(जनही ५० हजार) छन् ।रासस

0 Comments