२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा भारी गिरावट

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर ४ः०० बजेसम्म पुर्‍याएको भएपनि बजारमा उत्साह देखिन सकेन ।

स्टकका अनुसार आज नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुगेको छ । यस्तै नेप्से परिसूचक पनि १२.८८ अङ्कले घटेर २८२.६२ मा पुगेको छ । आज कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ५७ अङ्कले घट्दा व्यापार ४३.७९, होटल ५२.४८, विकास बैंक ६२.८७, जलविद्युत् ३२.८७, वित्त २२.२, निर्जीवन बीमा ४१६.७३, उत्पादन ८०.२३, अन्य १८.२३, लघुवित्त ९३.४३, जीवन बीमा उपसमूहको शेयर ६२१.८८ र सामूहिक लगानी कोषको इकाइ ०.३१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १७ करोड ३६ लाख ९० हजार ४४९ मा खरिदबिक्री भयो ।

यस्तै एनआइसी एसिया बैंकको रु ११ करोड ४६ लाख ९६ हजार २६६, एनएमबी बैंकको रु १० करोड ५६ लाख ६१ हजार ७९९, शिवम् सिमेन्ट्सको रु सात करोड ५७ लाख ३७ हजार ३११, नेपाल बैंकको रु छ करोड ८७ लाख ८० हजार ९३९, हिमालयन डिष्टिलरीको रु पाँच करोड ४९ लाख ५७ हजार ८५१ र नविल बैंकको शेयर रु पाँच करोड ३५ लाख ९० हजार १९७ मा खरिदबिक्री भयो ।

आज युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले कमाए । यसैगरी सिन्धु विकास बैंक ०.७७ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ०.४७ प्रतिशतले कमाए । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको नकारात्मक सर्किट लागेको छ ।

ती दुई कम्पनीका लगानीकर्ताले समान १०/१० प्रतिशतले गुमाएका छन् । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९८, नेरुडे लघुवित्त विकास बैंक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले समान ९.९१ प्रतिशतले गुमाए ।