२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको परीक्षा स्थगित

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।

“सरकारले नै कोभिड-१९ को सङ्क्रमण जोखिमका कारणले सबै परीक्षा स्थगन गर्ने भनेपछि हामीले पनि स्थगन गरेका हौँ”, उनले भने, “भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गरेका छौ ।” त्रिविले आज पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गरेको थियो ।

परिषद् बैठकले त्रिवि अन्तर्गतका सम्पूर्ण आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठन–पाठन पनि आजदेखि चैतमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । हिउँदे/ वर्षे बिदा पाउने शिक्षक/कर्मचारी/ विद्यार्थीलाई आगामी वर्ष बिदाबाट मिलाउने गरीे निर्णय गरेको कार्यवाहाक शिक्षाध्यक्ष प्राडा. भुसालले जानकारी दिए । त्रिविका सेवा आयोगका अन्तर्वाता र परीक्षाका कार्यक्रम सम्बन्धमा सेवा आयोगले सूचना प्रकाशित गरी जानकारी गराउने निर्णय समेत भएको छ ।

उनका अनुसार बैठकले त्रिविका नियमित प्रशासनिक कामहरु यथावत रुपमा सञ्चालन गर्ने, कार्यालयमा सावुन पानी र सेनिटाइजरको व्यवस्था गरी आवश्यक सावधानीका उपाय अपनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिने, कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी संख्यामा भेला नहुने सूचना जारी गरेको हुँदा सोही अनुसार क्याम्पसका छात्रावासमा आवश्यक व्यवस्था मिलाउने सम्बन्धित क्याम्पसलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगन गरिएका परीक्षाका प्रश्नपत्र सुरक्षित राखिने बताए । उनले उपत्यका बाहिरका क्याम्पसमा पठाइएको प्रश्नपत्र प्रहरी कार्यालयमा राखिने बताए ।

त्रिविको त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेदेखि, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु गर्ने तालिका तय गरेको थियो ।