९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ

अ+ अ-

भीमदत्तनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिए। ‘नियन्त्रणमा लिएकालाई साँझ छोड्र्छौँ’, उनले भने । प्रहरीले सूचना जारी गरी लकडाउनबारे माइकिङ समेत गर्दै आएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरले मङ्गलबार पनि लकडाउनलाई बेवास्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच पश्चिमी नाका गड्डाचौकीको अवस्था आज सामान्य रहेको छ । बिहानैदेखि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सशस्त्र प्रहरीलाई बजार, सीमा र राजमार्गमा बिहानैदेखि परिचालन गरिएको बताए । मङ्गलबार सीमामा अलपत्र परेका यात्रुको स्वास्थ्य परीक्षण गरी गन्तव्यतर्फ पठाइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस