२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग चिकित्सक संघको माग

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस(कोभिड-१९) को नियन्त्रण र उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै संघले कोरोना संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक र स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन आवश्यक सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस बाट संक्रमित भएका बिरामीको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमणबाट ग्रसित भएका छन्’, महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु उपलब्ध गराउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।’

संवेदनशील विषयमा जिम्मेवार निकायका व्यक्तिले पिपिईका बारेमा हल्का टिका टिप्पणी गरेको भन्दै संघले दुःख व्यक्तसमेत गरेको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गरेर मनोबल बढाउनसमेत सरकारसँग माग गरेको छ।

‘आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यर्कीले सौखिनको रुपमा नभई आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले पिपिई बारेमा हल्का रुपमा टिका टिप्पणी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराउने खालको अभिव्यक्ति दिएकोप्रति नेपाल चिकित्स संघ दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।