२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी धादिङको क्युङ गाउँमा पाँच परिवार भोकै

अ+ अ-

धादिङ । विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ ।

एकसठ्ठी घर रहेको क्यूङ सबै तामाङ समुदायको बसोबास क्षेत्र हो । अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिए ।

कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ । गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ । बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ ।

चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारीसमेत गराइसकिएको बताए ।

गाउँबासीसँंग खानेकुरा छैन । गाउँमा उत्पादन हुने जग्गा छैन । धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन । त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ । चैत १९ गते इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुगमन गर्दा प्रतिकार्ययोजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो । गाउँ पुगेको टोलीलाई गाउँपालिका उपाध्यक्ष योमाया तामाङले लकडाउन उल्लंघन गरेर किन आएको भन्ने प्रश्न रेका थिए । यता वडाध्यक्ष तामाङले भने कुनै पनि तरिकाले क्यूङ गाउँमा सहयोग गरिने वचन दिए ।