२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने

अ+ अ-

भरतपुर । चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ । आजदेखि वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले औषधि पसल, खानेपानीका जार बेच्ने पसल (थोक पसल मात्र), ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपक्षीका दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने तथा दूग्धजन्य पदार्थ विक्री गर्ने डेरीहरु मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए ।

सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रवाहक स्वास्थ्यकर्मीका सवारी साधन मात्र चल्न पाउने उनले बताए । एम्बुलेन्समा बिरामीको साथमा बढीमा दुई जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् ।