२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना

अ+ अ-

महोत्तरी । मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी, मटिहानी नगरपालिका–५ का ८८ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना भएका छन् । रक्तअल्पताले सिकिस्त भएपछि उनलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका प्रथम सभापति रहेका मण्डल प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने जिल्लाका पहिलो पत्रकार छन्। मण्डललाई विसं २०६६ मा यो सम्मान प्रदान गरिएको हो ।

जिल्लाबाट प्रकाशित हुँदै आएको तथ्य साप्ताहिकका सम्पादक मण्डल केही दिनयता अस्वस्थ्य भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो । चिकित्सकले उनमा रक्तअल्पता मुख्य समस्या रहेको औँल्याएका कान्छा छोरा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।

राजनीतिक गतिविधिमा गहिरो अभिरुचि राख्ने मण्डल मटिहानी गाउँपञ्चायत छँदा प्रधानपञ्च रहिसकेका छन् । मण्डलका तीन छोरामध्ये जेठा रामकुमार मण्डल महासङ्घ महोत्तरी शाखाका सभापति र गाउँपञ्चायतको प्रधानपञ्च भइसकेका छन् । त्यसैगरी अहिले मटिहानी नगरपालिकाका प्रमुख रहेका कान्छा छोरा हरिप्रसाद मण्डल महासङ्घ महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष थिए ।

प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना भएपछि यस भेगका पत्रकार उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगिरहेका छन् । महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्रसिंह चौहान र महोत्तरी शाखा अध्यक्ष कमलेश मण्डलले मण्डलको शीघ्र स्वास्थ्यलाभको कामना गगरेका छन् ।