१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्ल्यूटीएममा पर्यटन मन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउने विषयमा छलफल

अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले विभिन्न देशका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।

बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटन मन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलङ्काका सहायक पर्यटन मन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतकी राज्यसभा सदस्य एवं लेखिका सुधा मूर्तिसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

भेटका क्रममा मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने बताएका थिए।

उनले नेपाललाई विश्व पर्यटनको आकर्षक, सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

त्यसैगरी नेपालको सांस्कृतिक सम्पदा, हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, आध्यात्मिक तथा वेलनेस पर्यटनका विशेष अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ।

डब्ल्यूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीअनुसार योग, ध्यान, आध्यात्मिकता, मानसिक शान्ति तथा प्राकृतिक उपचारमा आधारित पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयाससमेत गरिएको छ।

पर्यटन मन्त्री पौडेलको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, वायुसेवा कम्पनी, होटल, ट्राभल तथा टुर अपरेटर सहभागी नेपाली टोलीले मेलामा सहभागिता जनाएको छ। मन्त्री पौडेलले नेपाल प्याभिलियनको उद्घाटनसमेत गरेका छन्।

मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन८–५३० बाट नेपालको पर्यटन सेवा, गन्तव्य तथा पर्यटकीय उत्पादनको प्रवर्द्धन गरिरहेका छन्।

विश्वका प्रमुख पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्ल्यूटीएमलाई नेपालले नयाँ बजार खोज्ने, व्यावसायिक साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग सम्बन्ध स्थापित गर्ने अवसरका रूपमा उपयोग गरेको छ।

यसैबीच, नेपालले हालैका बाढ पहिरोबाट प्रभावित क्षेत्रमा पुन:स्थापना तथा पुनर्निर्माणका प्रयास जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था तथा यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा दिएको छ।

‘नेपाल खुला छ’ (नेपाल इज ओपन) अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी तथा पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने सन्देशसमेत प्रवाह गरिएको छ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँदै पर्यटक आगमन, विदेशी लगानी र व्यावसायिक साझेदारी विस्तार गर्ने लक्ष्यसहित डब्ल्यूटीएम २०२६ मा गरिएको नेपालको उच्चस्तरीय सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

0 Comments