दार्चुला । महाकाली नदीबाट उद्दार गरिएकी महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
महाकालीमा बगेर गम्भीर घाइते भएकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले बताएका छन्।
आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याएको थियो।
तर, दार्चुलामा उपचार सम्भव नहुनेभएपछि नेपाली सेनाको ०५५ न हेलीकोप्टरमार्फत नेपालगञ्ज लगिएको थियो।







