काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५-५ ओभरको खेल हुने छ ।




