२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्यामा परेका ५३८ जनालाई गृह जिल्ला ल्याइयो

अ+ अ-

बनियानी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ ।

लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई ल्याइएको बताए । ‘लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ’, उनले भने, ‘केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निःशुल्क ल्याइयो ।’ त्यसरी ल्याइएकाहरु झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् ।

त्यस्तै, झापाको मेची अभियानले काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निःशुल्क घर आउने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

काठमाडौँको विभिन्न कलेजमा अध्ययनरत् उनीहरु लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेपछि उनीहरुलाई झापा ल्याइएको संयोजक डालमियाको भनाइ छ ।