२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब एकल पुरुषलाई पनि मासिक भत्ता !

अ+ अ-

मेलम्ची । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुवात गरेको छ ।

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो ।’ उनले भने ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

क्वारेन्टाइनको मापदण्ड पुगेन
अनुगमनका क्रममा सुनकोशीका ११ श्ययाको क्वारेन्टाइनको मापदण्ड नपुगेपछि हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

क्वारेन्टाइनको नाममा स्थानीय तहले कोठामा श्यया तयार गरेको मात्रै पाइएको र यसका लागि अन्य आवश्यक स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन भइनसकेकाले उक्त क्वारेन्टाइनमा सम्पूर्ण आवश्यक सामग्रीको उपलब्धता नभएसम्मका लागि गणना नगरिएको उनले जानकारी दिए । उनका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाइनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।

अनुगमनको क्रममा श्यया मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीको समेत उपलब्धता नभएको पाइएकाले सो गाँउपालिका वडा नं ४ मा रहेको चार श्यया र वडा नं ७ मा रहेको सात श्ययाको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए ।

सो गाउँपालिकाले सम्पूर्ण वडावडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँ, समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलीले ।सोमबार लिसङ्खुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिए । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशीमा रहेको १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको थियो ।

५६ जनाले गरे रक्तदान
चौतारामा सोमबार गरिएको कार्यक्रममा विभिन्न ५६ व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए ।