२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीआइपीका सुरक्षा गार्डमा कोरोना संक्रमण कसरी ?

अ+ अ-

काठमडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरी जवामा कोरोना संक्रमणको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नीलबाराही गण दुवाकोटमा कार्यरत ती सशस्त्र प्रहरी जवानमा मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो ।

नेता रावलको घरमा सुरक्षार्थ खटिएका उनी रामेछापका भएको खुलेको छ । उनी दुवाकोटमा कोठा लिएर बस्दै आएका थिए । उनलाई पनि टेकु अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको छ। उनको कोठा दुवाकोटको एकान्तस्थानमा छ। उनको परिवारको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ।

उनको यात्रा विवरण संकलन गर्ने तयारी भइरहेको छ । सम्पर्कमा आएकाहरुको पहिचान गरी सबैको कोरोना परीक्षण गरिनेछ ।

नेता रावलको घरमा सुरक्षार्थ खटिएका उनी एक महिनादेखि विदामा बस्दै आएको नेता रावलले बताएका छन् । नेता रावलले भने, ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए, अस्ति श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउन जाँदा पोजेटिभ देखिएछ ।’

पूर्व गृहमन्त्री रावलले उनी एक महिनादेखि आफ्नो घरबाट विदामा बसेकाले ती सुरक्षा गार्डसँग सम्पर्क नभएको बताएका छन् । उनले अव ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसको पनि कोरोना जाँच गर्नुपर्ने बताएका छन् । ती यु्वक दुवाकोटतिर बस्दै आएकोले त्यहाँ परीक्षण बढाउनुपर्ने नेता रावलले बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता रावलको भने पीसीआर टेस्ट भइसकेको छ । उनको कोरोना नेगेटिभ देखिएको छ । प्रतिनिधिसभा बैठक हुनुभन्दा अगाडी नै कोरोना परीक्षण भइसकेको नेता रावलले बताए ।

नेता रावलले अहिले घरमा सुरक्षार्थ खटिएका गार्डहरुसँग पनि सामाजिक दुरी कायम रहेको बताएका छन् ।

नेता रावलका सुरक्षा गार्डमा कोरोनको पुष्टि भएपछि बुधबार ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।