२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तुमा ३९७ जनाको स्वाब संकलन

अ+ अ-

कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो ।

सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए। बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ ।

यस्तै बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ ।

यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ ।जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानवाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए ।