२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुहारी लिन जाँदा यो अवस्था भयो’

अ+ अ-

जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्‍यो । त्यसपछि उनले ‘जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ’ भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्‍याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

मृतक युवाका बुवाले भने, ‘हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँले उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।’ नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । ‘शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो’, नवराजका बुवाले भने ।

घाइते युवा सरोज भँडेल भन्छन्, ‘हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।’

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताए । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरेका छन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।’

प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेकोे छ ।

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।