२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इञ्जीनियरलाई अनुमति परीक्षा लिने व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा इञ्जीनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ बारे सरोकार भएका निकायसँगको छलफल शुरु भएको छ ।

बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताए । सरोकार भएका निकाय र विज्ञसँगको वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उनले बताए।

समितिले नेपाल इञ्जीनियर्स एशोसिएसनसँग बुधबार छलफल गरेको हो । एशोसिएसनका अध्यक्ष त्रिरत्न मानन्धरले इञ्जीनियरलाई अनुमति (लाइसेन्स) परीक्षा लिनुपर्ने व्यवस्था हुनैपर्नेमा जोड दिए ।

एशोसिएसनका उपमहासचिव कपिल आचार्यले इञ्जीनियरसँगै सवइञ्जीनियर र परामर्श दातालाई पनि अनुमति (लाइसेन्स) परीक्षाको व्यवस्था गरिनुपर्ने माग राखे। बैठकमा बोल्नुभएका समितिका सदस्य सांसदले पनि इञ्जीनियरलाई लाइसेन्स परीक्षा लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।