२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री अर्यालद्वारा सहकारी विभागको निरिक्षण, दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुस् : मन्त्री अर्याल

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकी छन्। त्यस अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताइन् । भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उनको भनाई थियो ।

लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न मन्त्री अर्यालले निर्देशन दिइन् । मन्त्री अर्यालले भनिन्, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताइन् । ‘अहिले परिस्थिती फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भनिन्, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’

ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताइन् ।

अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने उनको भनाई थियो । ‘हामीले राम्रोसँग अनुगमन गर्न सकेनौं भने भ‍ोली ठूलो जोखिम हुनसक्छ । यसलाई समयमै सचेत हुनुपर्ने अवस्था छ । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौ । अनुगमन राम्रोसँग गर्नुपर्छ’, उनले भनिन् । सहकारीका प्रशिक्षणहरु पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ?भन्ने बारेमा समिक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताए । अबको प्रशिक्षणको डिजाइन फरक ढंगले गर्न समेत उनले आग्रह गरिन्।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताइन् । सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताइन् ।