२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ”

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद श्रेष्ठले समय माग गरी हिजो जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीले अनाश्यक रुपमा हवाई फाएर गरेको छ, गोली चलाउने आदेश कस्ले दियो भन्ने प्रश्न गरे । उनले भने, “रुकुममा यत्रो अपराध भएको छ, सरकारले छानबिन समिति बनाएको छ, ससदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।”

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जादैगर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको दावी छ ।

मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् ।

उनले चिकित्सकले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेको सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाए ।