रुकुम पूर्व । रुकुम पूर्वमा भीरबाट खसेर एक महिला वडा सदस्यको मृत्यु भएको छ । भुमे गाउँपालिका–४ की दलित महिला वडासदस्य धनकुमारी कामीको भीरबाट खसेर मृत्यु भएको हो ।
वडासदस्य धनकुमारी बुधबार साँझ भुमे –४ काडाबाट गाउँपालिकाको कार्यालय खबाङतर्फ जाँदै गर्दा रेल गैडा भन्ने ठाउँमा भीरबाट खसरे गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।
मृतक महिला सदस्यको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालरुकुमकोट लगिएको र रिपोर्ट आएपछि थप अनुसन्धान गरिने गुरुङले जानकारी दिए ।







