२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव खनालद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त कार्यकारी निर्देशक डा. राजन खनालले पदभार ग्रहण गरेका छन् ।

गत बुधवार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त नयाँ कार्यकारी निर्देशक खनालले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछिको पहिलो कार्यकारी निर्देशन दिँदै नवनियुक्त कार्यकारी निर्देशक डा। खनालले प्रतिष्ठानप्रति सरकारको ठुलो आशा रहेकाले यसलाई एकेडेमीक कोर्स सञ्चालन गर्ने दिशा तिर लैजाने प्रयास गर्नुपर्ने बताएका छन् ।

‘हाम्रो जस्तो एकेडेमीक संस्थामा भौतिक अवस्थाको विकाश, जनशक्तिको क्षमता विकाश र लक्षित समूहको क्षमता विकाश हाम्रा लागि महत्त्वपूर्ण रहन्छ’ उनले भने ।

संस्थाको सरकारसँगको सम्बन्ध असाध्यै पहत्वपुर्ण हुने बताउँदै संघीय संरचना अनुसारको प्रणालीमा मिल्न सक्ने गरी दक्ष र निपुर्ण सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरूको क्षमता विकाश गरिनुपर्ने उनको भनाई छ ।

प्रतिष्ठानले सरकारको नीतिगत परामर्शमा पनि ध्यान दिनुपर्ने भन्दै नमो बुद्धमा निर्माण गर्न प्रस्ताव गरिएको प्रतिष्ठानको भौतिक संरचना निर्माण सम्पन्न गर्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि रहने उनले बताए ।

नेपाल सरकारको सचिवको रूपमा विभिन्न समयमा प्रतिष्ठानको औपचारिक समितिहरूमा संलग्न रहेर कार्य गरिसकेका डा. खनाल २०४९ बाट नेपाल सरकारको सेवा प्रवेश गरेर विभिन्न मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सचिवको जिम्मेवारीमा रहिसकेका छन् ।

नेपालको कर नीतिमा शोध गरी विद्यावारिधि प्राप्त गरेका खनालले संघीय संरचनामा वित्तीय संघीयता कार्यान्वयनमा नेपाल सरकारको लागि उल्लेख्य भूमिका खेलेका छन् ।