झापा । हल्दिबारी गाउँपालिकाको गाउँसभामा अध्यक्ष रविन्द्र लिङ्देनमाथि हातपात भएको छ । अध्यक्ष लिङ्देनको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको स्थानीयले बतएका छन् ।
घटनामा गाउँपालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।
गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको अध्यक्ष लिङ्देनले बताए ।
तर वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताएका छन् ।
गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेको अर्का एक जनप्रतिनिधि बताएका छन् ।
विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको बताइएको छ।
हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ ।







