२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्ड गलामा भिर्दैमा कोरोना भाइरस मर्दैन, बरु मुटु, फोक्सो, कलेजोमा गम्भीर असर गर्छ -स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरूले मुटु, फोक्सो, कलेजोमा गम्भीर असर गर्ने बताएको छ ।

कोरोना सङ्क्रमण रोक्न र नियन्त्रण गर्नका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए । उनले कसैको भ्रममा परि यसको प्रयोग नगर्नसमेत आग्रह गरे ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरूले भाइरस सङ्क्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुन्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुन्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र उपचार प्रक्रिया सुरु नभएको बताए । उनले भने, ‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन । यस किसिमको विधि र प्रक्रिया सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरि नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरू प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रक्रियाअनुसार सरकारले नै वितरण गर्नेछ ।’

भाइरस रिभुमिङ कार्डमा नामले कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने तथा व्यापार गर्ने प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिहरूका गलामा विभिन्न तरिकाले झुन्ड्याउने र प्रचारबाजी गर्ने गरेकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ज्यादै चिन्तित भएको प्रवक्ता डा.गौतमको भनाई छ ।