२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयक सर्वसम्मतिले पारित

अ+ अ-

विराटनगर । ‘प्रदेशस्तरमा फर्म दर्ता नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले आज पारित गरिएको छ ।

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सभामा पेश गरेका थिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले प्रतिवेदनसहित प्रदेशको बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ का सम्बन्धमा समितिको संशोधन प्रतिवेदन सदनमा पेश गरिन्।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रतिवेदनसहित प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको संशोधन प्रतिवेदन सदनमा पेश गरिन् ।

शून्य समयमा मुलुकको समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले राजमार्गमा सवारी यातायातका लागि सरकारले डाइभर्सनका लागि छुट्याएको बजेट कहाँ बेपत्ता हुन्छ भनेर प्रश्न गर्दै झापाको कचनकवल गाउँपालिको पाठामारीमा दुई झोलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य केदार कार्कीले सरकारले प्रदेशस्तरमा खोलेको मनमोहन अधिकारी विश्व विद्यालयमा आर्थिक चलखेल भइरहेकाले त्यसतर्फ ध्यान जानुपर्ने माग गरे । सदस्य विष्णु तुम्बाहाम्फे र सदस्य राजन राईले ब्रिटिश तथा भारतमा सेना भर्ना भएर अवकाश प्राप्त नेपाली गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता सरकारले काटेकाले यसलाई सच्याउन प्रदेश सरकारसँग माग गरे । प्रदेशसभाको अर्को बैठक यही साउन ७ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।