१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना संक्रमण

अ+ अ-

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरुको ‘क्लोज कन्ट्याट’मा रहेको २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६ जनाको पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३१९ पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिकाका २, प्रदेश अस्पतालका २, गुर्भाकोट नगरपालिका र भारतको बनारस घर भएका एक/एक जनाको सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कोरोना निको भई विभिन्न आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १९ पुगेको छ । अब कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस