भरतपुर । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा.राजन पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा.पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा.श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए।
प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे एघारौँ तहका चिकित्सक थिए ।







