१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकामा तालाबन्दी

अ+ अ-

दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ ।

गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन ।

व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता सिफारिस रोकिएको बताए । ‘तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न पाइएको छैन’, अर्का स्थानीयवासी नरेन्द्र विष्टले भने, ‘समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरी खाने मजदूर हो, हामीले कृषि र रोजगार कार्यक्रममा आवेदन दिएका छौँ फाराम भरिएको छ, तर के भइरहेको छ भन्ने जानकारी छैन ।’ अर्का स्थानीयवासी जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयवासीले रोजगारी गुमाइरहेको गाउँपालिकामा लगाइएको तालाका कारण स्थानीयवासीले सास्ती भोग्नु परेको बताए । उनले भने, ‘तालाबन्दी समाधान हैन, दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ ।’

गत भदौ २६ गते गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज बन्द रहेको छ । गाउँपालिकाले गर्नुपर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि कर्मचारीको दैनिक हाजिर, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता काम प्रभावित भएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए ।

अहिले गाउँपालिकामा तालाबन्दी गरेर नेकपा निकटका वडा नं १, ३ र ४ का वडाध्यक्षहरु सदरमुकाम खलङ्गा पुगेका छन् भने गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी पनि सदरमुकाम खलङ्गामै छन् ।

वडा नं ३ तुसरपानीमा पहिराले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयवासीले धुवाँमुक्त कार्यक्रमअन्तर्गत ल्याइएको जस्तापाता प्रयोग गरेर बसेका थिए । गाउँपालिकाले धुवाँमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै वडा नं ३ का पाँचवटा योजना कटौती गरेर रकम रकमान्तर गरेपछि गाउँपालिकामा विवाद बल्झिएको हो ।

पाँचवटा योजना कटौतीबाट रु साढे ४ लाख वडामा नोक्सानी भएको भन्दै शुरु भएको आन्दोलनले राजनीतिकरण भएपछि अहिले गाउँपालिकाको कामकाज ठप्प छ ।

योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, वडासमितिको अधिकार कुण्ठित हुने गरी बनाइएको उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०७५ खारेज हुनुपर्ने, कोभिडको बेला भएको खर्च पारदर्शी हुनुपर्ने, गाउँपालिकामा कार्यकर्ता भर्ती बन्द गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको वडा नं ३ का अध्यक्ष उपेन्द्रसिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस