२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ मा १६६ कोरोना संक्रमित थपिए

अ+ अ-

विराटनगर । प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् ।

थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेर्‍हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगङगामा आठ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा पाँच महिला र तीन पुरुष, रंगेलीमा दुई ,जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला र नौ पुरुष, मेचीनगरमा दुई महिला र एक पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एकएक महिलामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, तेर्‍हथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८५९ पुगेको छ भने हालसम्ममा दुई हजार ५९१ जना कोरोनाबाट मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३३६ जना सहित हालसम्ममा एक लाख १७ हजार ८८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।