२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले बासै उठेपछि विद्यालयमा काज किरिया

अ+ अ-

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काज किरिया गरेका छन् ।

स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काज किरिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजकिरिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

‘पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो’, मनिषाले भनिन्, ‘दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ’ । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताइन् ।

‘घरमाथि पट्टिको डाँडो चर्किएकाले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीकोमा बस्न जान्थ्यौँ’, मनिषाले भनिन्, ‘त्यो राति पनि मैले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पुर्‍यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पुर्‍यो । ‘घटना हुँदाका बेला उक्त घरमा दश जना थिए’ स्थानीयवासी लुइँटेलले भए, ‘पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्यान गयो, मनिषालाई भने हामीले जीवितै उद्धार गर्न सक्यौँ’ ।

घाइते अवस्थामा उद्धार गरिएकी मनिषा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएकी छन् । मनिषाको सम्पूर्ण खर्चको व्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए । नगरपालिकाले विपद्को घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा प्रति मृतक रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु पाँच हजार, घर आंशिकरुपमा क्षति भएमा रु सात हजार, गोठ नष्ट भएमा रु पाँच हजार, घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु तीन हजार र विपद्का कारण दुहुनो गाईभैँसी मरेमा प्रति पशु रु आठ हजार र दूध दिनयोग्य गाईभैँसी भएमा रु पाँच हजार, खसी बोका र माउ बाख्रा भएमा रु ती हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।