२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन कार्यालयमा सेवाग्राहीको थेगिनसक्नु भीड, कोरोना जोखिमका कारण कर्मचारीमा चिन्ता

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ ।

पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।

कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका यहाँका नागरिकको नागरिकता बनाउनका लागि कार्यालयमा भीड लाग्न थालेको शाखा अधिकृत शिवकुमार राईले जानकारी दिए। उनले भने, ‘पछिल्लो केही दिनयतादेखि सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ, सबैभन्दा बढी नागरिकता लिनेछन् ।’ उनका अनुसार अहिले दैनिक कम्तीमा पनि ९० देखि १०० जनाले कार्यालयबाट नागरिकता लिँदै आएका छन् ।

दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयसहित यहाँका अन्य सरकारी विद्यालयमा विभिन्न प्राविधिक विषयमा पढाइ गर्नका लागि आवेदन खुलेपछि त्यहाँ पढ्नका लागि पनि एसइई पास भएका विद्यार्थी बढी नागरिकता बनाउनका लागि आउने गरेको नागरिकता कर्मचारी गौतम रोकायाले जानकारी दिए ।

यसैगरी लामो समयदेखि कामका लागि भारत गएका नागरिक पनि कोरोना महामारीका कारण अहिले आफ्नो घर आएर बसेका कारण फुर्सद भएकाले यो समयमा नागरिकताका लागि कार्यालय आउने गरेको पाइएको छ । दैनिकजसो नागरिकता लिने सेवाग्राहीको भीड बढेका कारण कतिपयले त नागरिकताका लागि पालो कुर्नुपर्ने र दुई दिनमा पालो आउने गरेको बोगटान फुड्सिल गाउँपालिका–४ बाट आएका सेवाग्राही हिक्मतबहादुर लुहारले बताए । उनले भने, ‘एक दिनको पैदल हिँडेर नागरिकता बनाउन आयौँ, यहाँ त भीड रहेछ, कागजपत्र सुधार गर्दैमा दिन बित्न रहेछ हैरानी भइयो ।’

सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी एकै दिनमा नागरिकता दिने कार्यालयले जनाएको छ । अधिकृत राईले उनले भने, ‘नागरिकता दिनका लागि पनि विभिन्न नियम छन्, सबै प्रक्रिया हेर्ने हो भने खासै कसैको मिलेको हुँदैन तैपनि हामीले कानूनसम्मत मिल्ने काम गरेकै छौँ ।’ कानूनमा नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।

पछिल्लो समय नागरिकताका लिन आएकाहरुबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सहज भएको कार्यालयका खरिदार तेजबहादुर खड्काले जानकारी दिए । नागरिकता बनाइसकेका नेपाली नागरिकले नागरिकता पाएकै दिन राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेका छन् । उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिकरूपमा २५ देखि ३० सम्म हुने गरेको कार्यालयले जनाएको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन ३० भन्दा माथि सङ्कलन गर्न नसकिने गरेको बताइएको छ ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयं व्यक्तिको विद्यालयको प्रमाणपत्र नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति, आमाबुवाको नामसमेत फरक हुने गरेकाले सेवाग्राहीले दुःख पाउने गरेको गुनासो बढेको प्रजिअ अधिकारीले बताए । उनले भने, ‘जनप्रतिनिधिहरुले नागरिकताको अनुसूची फारम भर्दा सामान्य कुरा पनि नहेरी पठाउने गरेको पाइयो, यसले गर्दा जिल्लामा आउने सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।’