काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा लिएको बताएकी छन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै पूर्व उपराष्ट्रपति बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
राष्ट्रपति विद्यादेवि भण्डारीको ट्वीट:
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा @JoeBiden तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा @KamalaHarris लाई हार्दिक बधाई ! उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।
— Bidya Devi Bhandari (@BidyaDBhandari) November 8, 2020