१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा मुख्य सचेतक गुरुङको राजीनामा माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजिनामा माग गरेका छन् । सचेतक गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री ओलीले उनीसँग राजीनामा गर्न निर्देशन दिएका हुन्।

तर आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेको बुझिएको छ।

दुई दिन अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुरुङलाई राजीनामा दिन निर्देशन दिएका थिए। पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको सुनाएको बालुवाटार निकट स्रोतले बतायो।

गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको उत्तर दिएका थिए।

प्रधानमन्त्रीसँग भएको वार्ता र आफूलाई दिएको तर्कबारे गुरुङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य केही सहकर्मीहरुलाई जानकारी दिएको पनि स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस