काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । अध्यादेश संविधानको भावना र मर्म विपरीत भएको भन्दै कांग्रेसले संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।
संविधानमाथि ठाडो हस्तक्षेप गरेर ओली सरकार सर्वसत्तावादी बाटोमा हिड्न खोजिरहेको आरोप कांग्रेसले लगाएको छ। परिषद् बैठकले गरेका कुनै पनि निर्णय मान्य नहुने र अध्यादेश फिर्ता नगरेसम्म परिषद बैठकमा कांग्रेस सहभागी नहुने कांग्रेस नेता डिला संग्रौलाले बताइन्।