२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई गृहको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए ।

बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यानमा राखेर गृहमन्त्रालयमार्फत निर्वाचन केन्द्रित बजेट प्रस्ताव पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले निर्वाचनका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाउनु भएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

गृहमन्त्रालयले निर्वाचनको पक्षमा माहोल बन्दै गएको वर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाले आ–आफ्नो कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्णरुपमा गर्न/गराउन अनुरोध गरेको छ ।