२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषध सेवन विवादको रिसइवीमा हत्या, एक पक्राउ

अ+ अ-

वीरगञ्ज । चक्कु प्रहार गरि एक युवकको हत्या गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ बस्ने २९ वर्षका अरुण कुमार साह रहेका छन्।

साहले बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बुद्ध चौक बस्ने १८ वर्षका कालु भनिने रोहित शर्माको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

उनले सोमबार राति शर्माको घरमै गएर ओछयानमा सुतिरहेको अवस्थामा चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ। हत्यापछि तत्कालै साह रौतहटको चन्द्रनिगाहपुर भागेका थिए। त्यहाँ एक किराना पसलमा लुकेर बसेका साहलाई प्रहरीले पक्राउ गरेको हो।

घटना भएको थाहा पाउनासाथ बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोलीले घटनास्थलबाट रगत लागेको चक्कु र कपडा बरामद गरेको थियो। पक्राउ परेका साहले आफूले हत्या गरेको भनी स्वीकारसमेत गरेको प्रहरी प्रवक्तासमेत रहेका मिश्रले जानकारी दिए।

सोधपुछको क्रममा साहले शर्मासँग पहिलादेखि नै रिसइवी रहेको, लागूऔषध सेवन गर्ने विषयमा विवाद भइरहने, आफूलाई अपमानित गरेको हुँदा हत्या गरेको वयान दिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।