काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि आज अपराह्न ४ बजे शीतल निवास बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ ।