२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा भारतबाट आएकामा देखिन थाल्यो नयाँ भेरियन्ट कोरोना

अ+ अ-
कैलाली । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्ट कोरोना सङ्क्रमण देखिएको छ । कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना देखिन थालेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
उनले भने,‘भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा त्रिनगर भन्सारबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, सीमामा राखिएका हेल्थ डेस्कबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएकाहरूमा अधिकांशमा कोरोना पोजेटिभ देखिएको छ ।’
भारतबाट आएकाहरूमध्ये २० जनाको  स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउँदा ३ जनाको सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको प्रवक्ता कार्कीले जानकारी दिए । तर उनीहरूमा नयाँ भेरियन्ट कोरोना हो की होइन भन्ने नखुलाईको उनले बताए ।
सङ्क्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
सुदूरपश्चिममा हाल भारतबाट नेपाल भित्रिनेको सङ्ख्या अत्यधिक वृद्धि भइरहेको छ । नेपाल भित्रिएकाहरूलाई सिमानामा राखिएका हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको प्रवक्ता कार्कीको भनाइ छ ।
‘नेपाल भित्रिनेहरूलाई सीमानामै परीक्षण गरेर मात्रै घर पठाउने वा आइसोलेसनमा राख्ने गरिएको छ, लक्षण देखिएकाहरूलाई सार्वजनिक यातायातमा जान दिइएको छैन, लक्षण देखिएका र होम आइसोलेसनमा बस्न चाहनेहरूलाई आफ्नै निजी सवारी प्रयोग गरेर घर जान दिइएको छ, उनले भने,‘बाँकीलाई आइसोलेसनको व्यवस्था पनि गरिएको छ ।’
छिमेकी मुलुक भारतमा नयाँ कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढिरहेकोले नेपालमा पनि यसको असर पर्ने देखिएको छ । भारतमा मजदुरी गर्न गएकाहरू नयाँ वर्षमा घर आउने समय पनि भएकाले जोखिमपूर्ण अवस्था देखिएको छ ।